कांग्रेस अव प्रधानमन्त्री बाबुराम भट्टराईले गरेको निर्वाचनको घोषण असंवैधानिक भएको भन्दै त्यस विरुद्ध आन्दोलनमा

– कुलचन्द्र न्यौपाने

 

काठमाडौ  – नेपाली कांग्रेसले प्रधानमन्त्री बाबुराम भट्टराईले गरेको निर्वाचनको घोषण असंवैधानिक भएको भन्दै त्यस विरुद्ध आन्दोलन गर्ने जनाएको छ । मंगलबार बसेको पार्टी केन्द्रीय समितिको बैठकले प्रधानमन्त्रीको राजीनामा नआएसम्म सडक र कानुनीबाटो बाट संघर्ष गर्ने निर्णय गरेको छ ।

केन्द्रीय सदस्य शंकर भण्डारीका अनुसार आन्दोलनका लागि पार्टीको सबै भातृ संगठनलाई परिचालन गर्ने निर्णय भएको छ । कस्तो प्रकारको आन्दोलन गर्ने बारे भोलि बस्ने बैठकले निर्णय गर्ने उनले जानकारी दिए । आन्दोलनका लागि कांग्रेसले अन्य दल र तिनका भातृ संगठनसंग पनि छलफल गर्नेछ ।

आज अपरान्ह २ बजे कांग्रेस एमाले लगायत विभिन्न दलको सामूहिक बैठक बस्दैछ ।