– वीरेन्द्र केसी
अर्घाखाँची – संविधानसभाको चुनावमा लौरोको भरमा १८ घण्टा पैदल हिडेर नेतालाई दिएको भोट खेर गएकोमा विकट सिद्धारा लामिदमार गाउँका प्रजातन्त्रका सेनानी योद्धा ७७ वर्षीय तेजबहादुर आले निकै दुःखी भए । जीवनभर प्रजातन्त्रका लागि लडेका उनी आईतवार राती संविधान आउनुको सट्टा संविधानसभा विघटन हुँदा उनको मनमा खिन्नता छायो ।
नेताहरु मिल्न नसक्दा देश फेरी द्धन्द्धमा धकेलिने हो कि भन्ने खतरामा चिन्तत छन । २०१७ सालको क्रान्तिमा मुक्ति सेना भएर प्रजातन्त्रको लागि लडेका आलेले भने जीवनको अन्तिम क्षणमा देशमा लोकतान्त्रिक गणतन्त्र सहितको संविधान जारी भई जनताले सुख शान्ति पाएको देख्ने ठुलो आशा थियो । मैले जीवनभर लडेको लडाईको उद्देश्य पुरा भएको देख्न नपाउँदै मरिने भईयो । प्रजातन्त्रको लागि वीपी कोईराला र कृष्णप्रसाद भट्टराई देखि गणतन्त्र प्राप्तिसम्म निरन्तर संघर्ष गरेका प्रजातन्त्रका सेनानी हिक्मतबहादुर शारु भने संविधान देख्न नपाउँदै केही महिना पहिले नै मरिसेका छन । बुढेशकालमा एउटै मात्र चिन्ता छ जवान छँदा निस्वार्थ भएर जनताको मुक्तिका लागि बन्दुक बोकेर लडेको झल्को मात्र आईरहन्छु आलेले भने यही उद्देश्यलाई सफल पार्न सकि नसकी लैरोको भरमा १८ घण्टा पैदल हिडेर भोट दिए तर त्यो भोट खेर जाँदा साह्रै दुःखित बनायो । चार वर्षसम्म नेताहरु आपसी खिचानातीका कारण संविधानसभा भंग भएकोमा जताजतै निराशा छाएको छ ।
२०१७ सालदेखि माओवादीको जनयुद्धसम्म यही ठाउँ युद्ध थलो भएको बताए । देशमा हरेक पटक आन्दोलनबाट प्राप्त उपलब्धीहरुलाई नेताहरुको जुँघे लडाईले संस्थागत भएननु अर्का सेनानी ऐनबहादुर आलेले भने ुजन्मेदेखि परिवर्तनको लडाई लडदा लडदै मान्छेको जीवन अत्य हुने भयो युवाहरुले चाहेर पनि केही नयाँ काम गर्न सक्ने स्थिति आएन ।ु नेताहरु हो अझै केही विग्रेको छैन जातिजाती बीच लडाई लडाएर होईन सबैलाई मिलाएरै देशलाई निकास दिन उनको आग्रह छ । मर्ने बेलामा ५० ठाउँमा बसेर आराम गर्दै १८ घण्टा त्यो उकालोमा भोट हाल्न गए यसरी खेर जान्छ भन्ने त मैले कल्पना पनि गरेको थिईनु उनले भने ुदेशमा शान्ति छाउला संविधान बन्ला आफु मरे पनि भावी पिढीहरुले सुख शान्ति पाउँलान देशको विकास हुनेछ भनेर भोट हाल्न गएको हुँ आफुले जीवनै लोकतन्त्रका लागि लडियो नेताहरुले खेलवाड गरे ।
जिल्लाकै सबैभन्दा विकट सिद्धारा गाविसको लामिदमार र दुम्सी गाउँमा पुग्न सदरमुकामबाट एक दिन लाग्छ । यही ठाउँमा कृष्णप्रसाद भटराई र वीपी कोईराला आएर बसेर लडाई लडेका थिए भने माओवादीको जनयुद्धकालमा बाबुराम भटराई टोपबहादुर रायमाझी जनार्दन शर्मा लगायतका नेताहरु यहि थलोलाई युद्धभूमि बनाएर लुकेर बस्दा हामिले दुध ध्यु भात रोटी खुवाएर पाल्यौ तर तीनै नेताहरु देशको नेतृत्व साचालनसम्म पुगेपनि कसैले फर्केर हेरेनन । देशमा आमुल परिवर्तन गर्न यो गाउँको ठुलो देन छ । नेताहरु गाडी गुडने ठाउँ र पहँच पुग्ने व्यक्तिको ठाउँमा मात्र विकास दिए तर हामिजस्ता दुःखी जंगलमा बस्ने ठाउँमा विकासको चासो कसैले दिएननु उनले भने सधैभरी दुःखै दुःखले जीवन चलेको छ । संविधान बनेपछि अर्कै होला गाउँको विकास गरिदेलान भन्ने थियो तर दुःखत कुरा संविधान बिनैसंविधानसभा नै भंग भयो ।
अनकन्टरा झाडी जंगलको बीचबीचमा बस्ती छ एक गाउँबाट अर्का गाउँमा जान कम्तीमा पनि दुई, तीन दिन लाग्छ भने आफनै वडा घुम्न घण्टौ समय लाग्ने गर्छ । भौगालिक विकटता राज्यको उपस्थिति न्युन भएको लामिदमार दुम्सी लौरी लागयतका अधिकांश गाउँका वस्तीहरुमा शिक्षा स्वास्थ्य यातायता लागयत अन्य विकासको दृष्टिले शुनय अवस्थामा यो गाउँ छ । भौगालिक विकटताका कारण छरिएर रहेको वस्तीमा ५ देखि १० घर भन्दा बढी बसोवास गर्ने ठाउँ छैन । साना झुप्रा जस्ता घरमा बस्दै आएका जंगलमा खेतीपाति गरेर ५ महिनालाई मुस्किलले खान पुग्दैन ।
शहरको हावापानीले भेटाएका पहँच र पैसा भएकाहरु धमाधम यो गाउँ छाडिरहेका छन । जल जंगल जमिन अन्न उत्पादनका हिसाबले यो गाविस धेरै धनी भएपनि राज्यले ध्यान नदिँदा पछाडी परेको स्थानीय माधव पौडेलको भनाई छ ।