जिल्ला मै एआरवि नामक ओषधी उपलव्ध गराईदिन अर्घाखाँचीका एचआईभि संक्रमितको माग

– गणेश खनाल


अर्घाखाँची जेठ १७ गते । एचआईभि संक्रमितले आफुहरुले सेवन गर्ने ओषधि जिल्लामै उपलव्ध गराईदिन सरकारलाई आग्रह गरेका छन् ।


संक्रमितहरुले प्रयोग गर्ने ओषधी एन्टी रेट्टो भाईरसएआरवी निशुल्क रुपमा पाईने भएको भएपनि ओषधि लिनका लागी जिल्ला बाहिर जानु पर्ने समस्या परेको भन्दै जिल्लामा उपलव्ध गराईदिन संक्रमितहरुले माग गरेका हुन् ।


एचआईभि नियन्त्रणका क्षेत्रमा जिल्लामा काम गरीरहेका गैर सरकारी सस्थाका अनुसार जिल्लामा सम्र्पकमा आएका ९३ जना मध्ये ४२ जनाले नियमित एआरभि ओषधि सेवन गरिरहेका छन् । ति मध्ये १८ जनाको मृत्यु भईसकेको प्रेरणा सस्थाका संयोजक सुनिल पराजुलीले जानाकारी दिनुभयो । यी मध्ये ८ जना बालवालिका रहेको जनाईएको छ ।


प्रत्येक महिना आफुले सेवन गरिरहेको एआरवी जिल्लामा नहुदाँ बुटवल जानु पर्ने बाध्यताका कारण पनि केही एचआईचि संक्रमितहरुले ओषधी सेवनबाट विाचत हुनु परेको संकि्रमित पार्वता बजान्डेले दु ख पोख्दै जानाकारी दिनुभयो ।


प्रत्येक पटक जादा कम्तिमा पनि १ हजार खर्च हुन्छ ।ुप्रत्येक महिना १ हजार जुटाउन समस्या परेको बजान्डेको भनाई छ । श्रीमानमा संक्रमण पछि आफुमा सरेको बताउने बजान्डेले आफना साना साना केटाकेटी पाल्नु पर्ने पिडा एकातिर छ भने आफनो ओषधी किन्ने समस्या अर्का तिर रहेको भावुक मुद्रँमा उहाँले बताए । संक्रमणकै कारण उनका श्रीमानको ज्यान गएको हो ।


संक्रमित मध्ये अधिकाम्सका छोराछोरी रहेका छन् ।  संकि्रमित हुनेहरु सबैजसो रोजगारका लागी भारत गएर फर्केकाहरु रहेका छन् । जिल्लामा कार्यरत सस्था सकि्रय सेवा समाज र प्रेरणा परियोजनाको सहयोगमा ४२ जना संकि्रमितहरुले ओषधी सेवन गरिरहेका छन् । यस्तै अर्की संक्रमित विपना थापाले जिल्ला मै ओषधी उपलव्ध गराईदिन आग्रह गरीकी छिन् । आफुहरु संक्रमित भएपछि खासै रोजगारी पनि नपाईने र अन्य आम्दानीको कुनै स्रोत नभएकाले भएको अलि अलि रकम पनि उपचारमा सकिने उनको भनाई छ ।


सकि्रय सेवा समाजका संयोजक बालकृष्णा खत्रीका अनुसार सरकारले चाहेमा जिल्लामै ओषधी उपलव्ध गराउन कुनै समस्या नभएको बताउनुभयो । अहिलेको सरकारले एचआईभि संक्रमितहरुका लागी कुनै ठोस योजनाका साथै सबै जिल्ला जिल्लामा एआरभि सर्व सुलभ तरिकाले पाईने व्यवस्था मिलाई दिन सरकार संग जोडदार माग समेत गरेका छन् । 
 

अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।

Copyright 2012 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.



अन्य समाचारहरु