– प्रेमनारायण आचार्य
अर्घाखाँची १७ जेठ । अर्घाखाँचीको सन्धिखर्कमा जिल्ला युबा संजालका सदस्य र अन्य युबाका लागि लैंगिक िहंसा अन्त्यका लागि हाम्रो भुमिका बिषयक ३ दिने तालिम आज सम्पन्न भएको छ ।
महिला तथा बालबालिका कार्यलय अर्घाखाँचीको आयोजना संयुक्त राष्ट्र संघ जनसंख्या कोष – गलाउब र जिल्ला बिकास समितिको कार्यलय अर्घाखाँचीको सहयोगमा तालिम सम्पन्न भएको हो ।
तालिमको सहजीकरण जेण्डर मास्टर प्रशिक्षक चन्द्रमणि पाण्डे र संयुक्त राष्ट्र संघ जनसंख्या कोषका जिल्ला संयोजक पुर्ण बिकले गर्नु भएको थियो ।
कार्यक्रमको उद्घाटन समारोह स्थानीय बिकास अधिकारि हेमनाथ भुसालको प्रमुख आतिथ्यता महिला बिकास कार्यलयकी महिला बिकास अधिकृत जमुना भण्डारीको अध्यक्षता बिना प्युठानीको संचालनमा सम्पन्न भएको हो ।
कार्यक्रममा जेण्डर मास्टर प्रशिक्षक चन्द्रमणि पाण्डे युबा संजालका अध्यक्ष अन्जान मरासिनी रमेश सहभागि राधा नेपाली लगायतले मन्तब्य राखेका थिए ।
अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।
Copyright 2012 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.