थाईल्याण्डमा बर्माका प्रजातन्त्रवादी नेत्री सुकीको भव्य स्वागत

बर्माका प्रजातन्त्रवादी नेत्री आङसाङ सुकी २४ बर्षपछिको बिदेश भ्रमणमा


 


बर्माका प्रजातन्त्रवादी नेत्री आङसाङ सुकी २४ बर्षपछिको बिदेश भ्रमणका क्रममा थाईल्याण्ड पुगेका छन् । थाईल्याण्डमा यसै साता हुने बिश्व आर्थिक मन्चमा सहभागी हुन थाईल्याण्ड पुगेका उनलाई भव्य स्वागत गरियो ।

 

 बिदेश भ्रमणमा जाँदा बर्मेली सेनाले स्वदेश फर्कन नदिने डरका कारण २४ बर्षदेखि भ्रमण रद्द गर्दै आएका सुकी गत महिना बर्मामा सम्पन्न संसदीय चुनावमा जीत हासिल गरेपछि थाईल्याण्ड पुगेका हुन् ।

 

थाईल्याण्ड लगत्तै युरोप भ्रमण तय गरेकी सुकी उनलाई दिइने नोबेल पुरस्कार ग्रहण गर्न नर्वे पुग्नेछिन् । सन् १९९१ मा शान्तिका लागि उनलाई दिने निर्णय गरिएको नोबेल पुरस्कार नजरबन्दमा रहेका कारण हस्तान्तरण गरिएको थिएन । नर्वेपछी उनी आफना परिवारलाई भेट्न बेलायत पुग्नेछिन् ।