लाइबेरियाका पूर्व राष्ट्रपति चाल्र्स टेलरलाई युद्ध अपराधका लागि ५० वर्षको जेल सजायँ

अन्तर्राष्ट्रिय युद्ध अपराध हेर्ने अदालतले लाइबेरियाका पूर्व राष्ट्रपति चाल्र्स टेलरलाई युद्ध अपराधका लागि ५० वर्षको जेल सजायँ सुनाएको छ । सियरालियोनमाथि गठित हेगको अन्तर्राष्ट्रिय अदालतमा छ वर्षसम्म चलेको वहसपछि उनलाई यो सजायँ सुनाइएको हो । टेलरले छिमेकी सियरालियोनमा विद्रोहलाई नैतिक समर्थनकासाथै हतियार पनि उपलब्ध गराएको आरोप छ ।

 

त्यसक्रममा त्यहाँ हजारौं मारिएका थिए । टेलरले गरेको कृत्य मानव इतिहासकै जघन्य अपराधमध्ये एक भएको न्यायाधीशले बताएका छन् । दोस्रो विश्वयुद्धपछि टेलर युद्धअपराधका लागि सजायँ पाउने पहिलो पूर्व राष्ट्रअध्यक्ष हुन् । सन् २००२ मा समाप्त भएको त्यो दशक लामो गृह युद्धमा ५० हजारभन्दा बढी व्यक्ति मारिएका थिए । उता, लन्डनको सर्वोच्च अदालतले विकिलिक्स संस्थापक जुलियस असान्जले गरेको सुपुर्दगीविरुद्धको अपील खारेज गरिदिएको छ । यो अपील खारेज भएपछि विकिलिक्स संस्थापक असान्जलाई अब बेलायतबाट स्वीडेन पठाइने भएको छ । स्वीडेनमा उनीविरुद्ध यौन दुव्र्यवहारको मुद्धा छ ।

 

बेलायतको सर्वोच्च अदालतले दुईका विरुद्ध पाँचको बहुमतले अपील खारेज गर्ने निर्णय गरेको हो थियो । पछिल्लो पटक अमेरिकी विदेश मन्त्रालय र विभिन्न देशका दूतावासको गोप्य कूटनीतिक दस्तावेजलाई सार्वजनिक गरेर विकिलिक्स चर्चित भएको थियो ।