भारतीय सेनाध्यक्ष जनरल बीके सिंहको कार्यकाल आजबाट सकिँएको छ । ४२ बर्षअघि भारतीय सेनामा प्रवेश गरेका सिंहको कार्यकाल बिबादास्पद बनेको थियो ।
उमेर हदको बिबादमा परेका सिंह सेनामा प्रवेश गरेको २६ बर्षे पछि सेवानिवृत हुन लागेका हुन् । दृढ र भ्रष्टाचार बिरोधीका रुपमा परिचित बीके सिंहले एक इमान्दार सेनाध्यक्षका रुपमा आफनो कार्यकाल पूरा गरेको बताइएको छ । सिंह नेपाली सेनाका पनि मानार्थ सेनापति हुन् ।
दुबै देशका सेनाध्यक्षलाई दुबै देशले मानार्थ सेनापतिको पदवी दिने लामो परम्परा रहिआएको छ । सिंह सेवानिवृत भएलगत्तै अब पूर्वी कमाण्डका कमाण्डर जनरल विक्रम सिंह भारतको नयाँ सेनाध्यक्ष बन्नेछन् । विक्रम सिंहको कार्यकाल दुई बर्ष तीन महिनाको हुनेछ ।