पेट्रोलियम पदार्थमा उच्च मूल्यवृद्धी गरिएको र अरु सामग्रीमा भएको महंगीको विरोधमा आज विपक्षी दलहरुले भारत बन्द आह्वान गरेका छन् ।
यसको प्रभाव वृहतस्तरमा पर्न थालिसकेको समाचार एजेन्सीहरुले जनाएका छन् । सरकारविरुद्धको यस अभियानमा भारतका सबैजसो विपक्षी दलहरु एक ठाउँमा जुटेका छन् ।
विपक्षीले आन्दोलन घोषणा गरेपछि दिल्ली सरकारले पेट्रोलमा बढेको मूल्यमा दुई रुपियाँ घटाएको छ । भारत बन्द आन्दोलनमा विपक्षी भारतीय जनता पार्टीका अतिरिक्त वाम दल र व्यापारिक संगठनहरु पनि सामेल भएका छन् ।
भारत सरकारले गतहप्ता मात्र पेट्रोलमा प्रतिलिटर साढे सात रुपियाँ बढाएको थियो । मुद्रास्फितीका कारण मूल्य बढाउनु परेको तर्क सरकारको छ ।
बन्दका क्रममा धर्ना, जुलुस र प्रदर्शन एकसाथ गरिने छन् । मूल्यवृद्धी गर्ने सरकारी निर्णयको सरकार समर्थक दलहरुले पनि आलोचना गरेका छन् । – Agencies