डेनमार्क, फिनल्याण्ड, फ्रान्स, जर्मनी, बेलायत, नर्वे, स्वीजरल्याण्ड र युरोपेली संघले नेपालमा संविधान जारी नभई संविधानसभा विघटन भएकोमा चिन्ता व्यक्त गर्दै शान्ति, स्थायित्व र संविधानका लागि सबै राजनीतिक दलहरुलाई सहमति जुटाउन आह्वान गरेका छन् ।
युरोपेली राष्ट्रहरुको प्रतिनिधित्व गर्दै काठमाडौंस्थित डेनिस दूताबासले आज वक्तब्य जारी गरी जेठ १४ मा दलहरुले नयाँ संविधान जारी गर्न सहमति जुटाउन नसकेको र संविधान नबन्दै संविधानसभा विघटन हुन पुगेकोमा चिन्ता व्यक्त गरेको छ । वक्तब्यमा संविधानसभाको विघटनसँगै लम्बिन सक्ने राजनीतिक अस्थिरताले नेपालको सामाजिक