अर्घाखाँचीमा पहिलो पटक सामुदायिक अर्घाखाँची टेलिभिजन प्रालिले आफ्नो नियमित प्रसारण शुरु गर्ने

सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँची जिल्लाबाट सामुदायिक स्तरबाट जिल्लामै पहिलो पटक सामुदायिक अर्घाखाँची टेलिभिजन प्रालि (Atv)ले आफ्नो नियमित प्रसारणमा शुरु गर्ने भएको छ ।


 कार्यकारी प्रमुख बासुदेब आचार्यका अनुसार नियमित प्रसारणमा मनोराजनात्मक कार्यक्रमको अलवा प्रत्येक घण्टा घण्टामा समाचारहरुका बुलेटिनहरु पनि प्रसारण गर्ने भएको छ ।

 

समुदायिक अर्घाखाँची टेलिभिजन प्रालि र अर्घाखाँची डट्कमसँगको सहकार्य अनुसार उक्त टेलिभिजन प्रसारण अर्घाखाँचीडट्कम मार्फत प्रत्क्षय लाईभ गरिने छ भने विश्वभरका लाखौं नेपालीहरुले हेर्न पाउने छ।


पहिलो पटक जिल्लामा शुरु गर्न लागिएको उक्त टेलिभिजन प्रसारणहरु अर्घाखाँची लगायत छिमेकी जिल्लामा पनि हेर्न सकिनेछ । साथै यस सम्बन्धी पछील्ला समाचारहरु प्रकासित गरिने छ।

 

नेपालमा पहिलो पटक सरकारी प्रयासमा २०४२ पुस १४ मा टेलिभिजनको पहिलो प्रसारण भएको हो । सरकारी स्वामित्वमै भए पनि अहिले पनि राष्ट्रिय टेलिभिजन प्रसारण र व्यावसायिक संस्थाका रूपमा नेपाल टेलिभिजन नै छ । निजी क्षेत्रमा स्पेसटाइम नेटवर्कले २०५८ असार १९ मा पहिलो पटक ‘च्यानल नेपाल’ सञ्चालनमा ल्याएको हो । यसपछि निजी क्षेत्रमा अन्य च्यानलको लहर चल्यो । कान्तिपुर र इमेज टेलिभिजनले २०६० असार २९ बाट प्रसारणमा आएका हुन् । २०६० असोज १० मा मेट्रो टेलिभिजन आयो भने समाचार च्यानलका रूपमा एभेन्युज र सगरमाथा २०६४ असार/साउनदेखि देखा परेका थिए।

 

यसैगरी अहिले देशभर स्थानिय टेलिभिजन च्यानल विस्तार गर्ने क्रम बढेको छ।

 



अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।

Copyright 2012 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.