वैद्य पक्षद्धारा नयाँ पार्टी बनाउने तयारीस्वरुप असार १ गते राष्ट्रिय भेला


 

– गंगा बीसी

 

काठमाडौं  – माओवादी उपाध्यक्ष मोहन वैद्य समूहले मुल नेतृत्वका कारण शान्ति र संविधानको कार्यदिशा असफल भएकाले पार्टी एकता सम्भव नरहेको स्पष्ट पारेको छ ।

‘शान्ति संविधानका कार्यनीति सफल हुन सकेन, मुल नेतृत्वको कारण असफल भएको हो,’ कुपन्डोलमा बिहीबार बसेको वैद्यपक्षीय केन्द्रीय समिति बैठकपछि पोलिट्ब्युरो सदस्य पम्फा भूसालले भनिन् । उनले अध्यक्ष पुष्पकमल दाहालले जनतासामू माफी माग्नुपर्ने बताइन् ।

वैद्य पक्षीय भेलालले पार्टी एकता क्षीण हुँदै गएको निष्कर्ष निकालेको भूसालले जानकारी दिइन् । उसले नयाँ पार्टी बनाउने तयारीस्वरुप असार १ गते राष्ट्रिय भेला बोलाएको छ । भेलामा राज्य समिति स्तरका कार्यकर्ता सहभागी हुनेछन् ।

संस्थापन समूहले बिहीबार नै पार्टी मुख्यालय कोटेश्वर पेरिसडाँडामा बोलाएको केन्द्रीय समिति बैठक भने स्थगित भएको छ ।