संविधानसभा विघटन र संविधानसभाको नयां निर्वाचन घोषणा गरिएको विरोधमा विद्यार्थी संगठनहरुले देशका विभिन्न जिल्लामा प्रधानमन्त्री बाबुराम भट्टराईको पुत्ला दहन गरेका छन् ।
पोखराको महेन्द्रपुलमा विभिन्न विद्यार्थी संगठनहरुले प्रधानमन्त्री भट्टराई र माओवादी अध्यक्ष प्रचण्डको पुत्ला दहन गरे । यस्तै, धादिङको धादिङ बजारमा पनि प्रधानमन्त्रीको राजीनामा माग गर्दै विद्यार्थीहरुले प्रधानमन्त्री भट्टराईको पुत्ला दहन गरे ।
यसैगरि, स्याङजाको सदरमुकाम पुतलिवजारमा पनि नेवि संघ र अनेरास्ववियु सम्बद्ध विद्यार्थीले प्रधानमन्त्रीको पुत्ला दहन गरेका थिए । RSS