मसालका महामन्त्री मोहनविक्रम सिंहद्धारा चार बर्षमा पनि नेपालमा संबिधान बन्न नसक्नुको कारण संघियता र सत्ता मोह भएको टिप्पणी

– दुर्गालाल केसी

 

दाङ  – नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहले चार बर्षमा पनि नेपालमा संबिधान बन्न नसक्नुको कारण संघियता र सत्ता मोह भएको टिप्पणी गरेका छन।

दाङको घोराहीमा भएको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै महामन्त्री सिंहले पटक पटक संबिधान सभाको समय थपेर संबिधान बनाउँछौ भन्नेहरु संघियतामा अड्किएको र सत्ता लिप्सामा लागेकाले देश अनिर्णयको घेरामा परेको बताए ।

संबिधान बन्न नसक्नु दुर्भाग्यपूर्ण भएको भन्दै सिंहले फेरी पनि सहमति कायम गरेर अगाडि बढ्नुको बिकल्प नभएको बताए । संघीयतामा बहु र एकल जातीय पहिचानको बिबाद जटिल रहेको र यसैका कारण फेरी पनि संघियताको भबिश्यलाई असहज बनाएको बिचार व्यक्त गरे ।

जात र क्षेत्रीयतावादले बिबाद सृजना गरेको उल्लेख गर्दै उनले यि मुद्दाहरु साम्य नहुँदासम्म उनीहरुले संबिधान बन्न नदिने बताए । अबको विकल्प निर्वाचन नै भएपनि सरकारले स्वच्छेचारी ढंगबाट चुनाबको घोषणा गर्नु गलत भएको बताए । संबिधान बनाउनका लागि बिभिन्न बिकल्पहरु भएपनि सहमतिकै आधारबाट सरकार बनाएर नयाँ निर्बाचनमा जानुपर्ने बिचार उनले व्यक्त गरे ।

देश अन्योलपूर्ण अबस्थामा जानुमा ठूला दलका प्रमुख नेताहरु बढी जिम्मेवार रहेको आरोप लगाउदै उहाले त्यसमा पनि ठुलो दलको हैसियतमा माओबादी पूर्णरुपमा दोषी रहेको टिप्पणी गरे ।