अहिले विश्वमा चार करोडभन्दा बढी व्यक्ति विस्थापित: राष्ट्रसंघ


 

संयुक्त राष्ट्रसंघले दिन प्रतिदिन विश्वभर विस्थापितको संख्या बढिरहेको जनाएको छ । राष्ट्रसंघीय शरणार्थीसम्बन्धि उच्चायोगको प्रतिवेदन अनुसार अहिले विश्वमा चार करोडभन्दा बढी व्यक्ति विस्थापित भएका छन् । बाह्य तथा आन्तरिक संघर्ष, प्राकृतिक विपद र जलवायु परिवर्तन जस्ता कारणले विश्वका चार करोड ३० लाख व्यक्ति विस्थापित भएको राष्ट्रसंघले जनाएको हो । विस्थापितको पुनस्र्थापनाका लागि भएका प्रयासहरु विफल देखिएको र सुरक्षा चुनौति बढेको


प्रतिवेदनमा उल्लेख छ । देशभित्रकै विस्थापितले त मान्यतासम्म नपाउँदा झनै संकट भएको बताइएको छ । युद्ध, अत्याचार, भूकम्प, अति या अनावृष्टीका कारण ज्यान बचाउन छिमेकी मुलुकको सीमामा शरण लिन पुगेकाहरुलाई शरणार्थी नमान्दा उनीहरुको सुरक्षा दयनीय भैरहेको उक्त संस्थाले जनाएको छ । सूडान, यमन, सोमालिया जस्ता युद्ध प्रभावित देशका हजारौं विस्थापितलाई ठूलो सहायता आवश्यक परेको तर सहायताकर्मीमाथि नै धम्की आउन थालेको भन्दै राष्ट्रसंघले शरणार्थीको सहायताका लागि विश्व नेताहरुको ध्यानाकर्षण गराएको छ ।