इटहरी – सिंचाई मन्त्री महेन्द्र यादवले सरकारले घोषणा गरेको चुनावमा माओवादी र मधेसवादीबीच तालमेल गरी प्रतिष्पर्धामा जाने बताएका छन्। ‘मधेसी मोर्चामा आवद्ध दल र माओवादीको नेतृत्वबीच विगत एक वर्षदेखिको सम्बन्धलाई थप बलियो बनाउनका लागि पनि तालमेल गर्नु आवश्यक छ,’ मन्त्री यादवले भने।
शुक्रबार सुनसरीको इनरुवामा सप्तकोसी डुवान कटानको समस्या समाधानका लागि कार्यालय उद्घाटनपछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा उनले भने, ‘तालमेलका लागि छलफल चलिरहेको छ।’
तराई मधेस लोकतान्त्रिक पार्टी नेपालका अध्यक्ष समेत रहेका उनले सरकारले घोषणा गरेको चुनाबमा मधेसी, आदवासी , जनजाती, मुस्लिम र पिछडा वर्ग तथा माओवादी मिलेर निर्वाचमा जाने बताए।
उनले संघीयताविरोधीले गर्दा संविधानसभा विघटन गरिएको बताए। – (नागरिक