आज अन्तर्राष्ट्रिय बाल दिवस

बालबालिकाहरुले ठूलो केक खाइ अन्तर्राष्ट्रिय बाल दिवस मनाएपूर्वी चीनको साङ्डोङ् प्रान्तस्थित बिन्झोउ शहरका बालबालिकाहरुले आज स्थानीय बेकरी पसलहरुले बनाएको ठूलो केक खाएर अन्तर्राष्ट्रिय बाल दिवस मनाएका छन् ।

स्थानीय बेकरी पसलेहरु मिलेर बालबालिकाहरुका लागि बनाएको यो बिशेष केक आठ मिटर लामो र ८० सेन्टिमिटर चौडा छ । चास्नी, क्रिम र ताजा फलफूलहरुले सजाइएको केक बनाउनका लागि ६० किलो अण्डा, एक सय ५० किलो मैदा, एक सय १८ प्याकेट क्रिम र एक दर्जन फलफूलहरुको प्रयोग गरिएको थियो । आठ जनाले १६ घण्टा लगाएर तयार गरेको उक्त केक बालबालिकालाई सित्तैमा बाँडिएको थियो ।