बृहत मधेशी मोर्चाले प्रधानमन्त्री बाबुराम भट्टराईले पदत्याग नगरे उनलाई अन्य प्रक्रियाबाट हटाउनुपर्ने माग गरेको छ । मोर्चाले प्रधानमन्त्रीलाई पदमुक्त गरी राष्ट्रलाई निकास दिन राष्ट्रपति रामवरण यादवसँग आग्रह गरेको छ ।
मोर्चाले आज पत्रकार सम्मेलन मार्फत प्रधानमन्त्रीले पदत्याग गरी सर्वपक्षीय राजनीतिक सहमतिको आधारमा चुनवी सरकार गठनका लागि बाटो खोल्नुपर्ने माग गरेको छ । प्रधानमन्त्रीले पद त्याग नगरे अन्य प्रक्रिया अपनाई हटाउनुपर्ने मोर्चाको ठहर छ ।
मोर्चाले जनप्रतिनिधि संस्थालाई समाप्त पारी सत्तामा रही रहने गरी संविधान विपरीत निर्वाचनको घोषणा गरिएको भन्दै बिरोध जनाएको छ । साथै सरकार विरुद्ध संघर्षको कार्यक्रम गर्ने निर्णय पनि सार्वजनिक गरेको छ । RSS