– मनोज बस्नेत
काभ्रे – प्रधानमन्त्री बाबुराम भट्टराई आरामका लागि भन्दै धुलिखेल आएका छन् । पत्नी हिसिला यमीसाथ आएका उनी माउन्टेन रिसोर्टमा बसेका छन् ।
शुक्रबार राति अबेर यहाँ आएका प्रधानमन्त्रीले आइतबार बिहान १० बजेसम्मका लागि कोठा बुक गरेका छन् ।
संविधानसभा विघटनपछि तनावमा रहेका प्रधानमन्त्रीको धुलिखेल बसाईबारे प्रहरीले बोल्न चाहेन ।
यसअघि मंगलबार माओवादी अध्यक्ष पुष्पकमल दाहाल नगरकोटस्थित भंगेरी दरबार होटलमा आराम गर्न आएका थिए ।
राजनीतिक दस्तावेज लेख्न र आराम गर्न माओवादी शीर्ष नेताहरु नगरकोट, धुलिखेललगायतका रिसोर्टमा आउने परम्परा पुरानै हो ।