काठमाडौँ मेडिकल कलेज जोरपाटीमा दुवै मृगौलामा समस्या आई उपचार गराइरहेका माओवादीका पोलिटव्यूरो सदस्य एवम् लडाकुका पूर्व कमाण्डर नन्दकिशोर पुनको स्वास्थ्य स्थिति बुझ्न पुगेका दाहालले उक्त कुरा बताएका हुन् ।
उपाध्यक्ष बैद्य पक्षमा प्रभावशाली मानिएका नेता नेत्र बिक्रम चन्दले एक पत्रिकामा बैद्यलाई पार्टी अध्यक्ष र महासचिव रामबहादुर थापालाई प्रधानमन्त्री बनाए पार्टी नफुट्ने बताएका थिए ।
उनले पार्टीको असन्तुष्ट पक्षलाई विश्वासमा लिएर अगाडि बढ्न तयार रहेको र त्यसको लागि आफ्नो तर्फबाट जस्तोसुकै कदम चाल्न तत्पर रहेको बताएको उनका सहयोगी शिव खकुरेललाई उदृत गर्दै राससले जनाएको हो ।
मृगौलामा समस्या देखिएपछि थप उपचारका लागि सरकार र पार्टीले नेता पुनलाई भारतको दिल्ली लैजाने तयारी गरे पनि उनले अस्वीकार गरेका छन् । पुनले पार्टी अध्यक्षलाई आफ्नो स्वास्थको कुनै चिन्ता नलिन बरु पार्टीलाई एकताबद्ध बनाउनका लागि जोडदिएका थिए ।