प्रधानमन्त्री बाबुराम भट्टराईले राजीनामा दिने संकेत, समयमै चुनाव सम्पन्न हुने दाबी

एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निकट एक पत्रकारले प्रधानमन्त्री डा. बाबुराम भट्टराईले राजीनामा दिने उद्घोष गरेका छन् ।


प्रचण्डसँग घनिष्ठता भएका पत्रकार किशोर नेपालले आजको नागरिक दैनिकमा प्रधानमन्त्रीले राजिनामा दिने संकेत गरेको जनाएका छन् ।


उनले प्रधानमन्त्रीसंग गरेको छोटो वार्तासहितको समाचार जस्ताको तस्तैः-


संविधानसभा अवसानको १५ मिनेटअघि अर्को चुनाव घोषणा गरेर विपक्षी दलहरूको आलोचना र सार्वजनिक विवादको घेरामा परेका प्रधानमन्त्री बाबुराम भट्टराईले समयमै चुनाव सम्पन्न हुने दाबी गरेका छन्।