– नारायण शर्मा
नवलपरासी – नवलपरासीको दाउन्नेमा बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ भने २२ जना घाइते भएका छन्। मृत्यु हुनेमा दुई पुरुष छन्। बाँकीको सनाखत हुन सकेको छैन। २१ जना घाइते भएका छन् । घाइतेहरूलाई उपचारका लागि बुटवल पठाइएको छ । मृतकको सनाखत हुन सकेको छैन ।
रुपन्देही मैनहियाका बासिन्दा पूर्वी नेपालमा कृषि भ्रमणमा गएर फर्किँदै गरेका थिए । बसले च्यापिएका घाइतेहरूको उद्धार जारी छ । बस आज (सोमबार) दिउँसो साढे ३ बजे दुर्घटना भएको हो ।
जिल्ला ट्राफिक कार्यालय नवलपरासीका असई प्रेम श्रेष्ठका अनुसार पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको लु१ख ४०९४ नम्बरको यात्रु बस दाउन्ने पहाडको एसमोड नजिकै सडकबाट करिब १ सय मिटर तल खसेको छ ।