ह्युमन राईट्स वाचद्धारा कङ्गोका विद्रोहीहरुलाई रुवान्डाका सैनिकहरुले सघाएको आरोप

अन्तर्राष्ट्रिय मानवअधिकारवादी संस्था ह्युमन राईट्स वाचले प्रजातान्त्रिक गणतन्त्र कङ्गोका विद्रोहीहरुलाई रुवान्डाका सैनिकहरुले सघाएको आरोप लगाएको छ ।

 

कङ्गोमा विद्रोह गरिरहेको सशस्त्र समुह सि.एन.डी.पी. का पूर्व छापारहरुसँगको कुराकानीको आधारमा ह्युमनराईट्स वाचले रुवान्डाका सैनिकहरुले कङ्गोका विद्रोहीलाई सघाएको प्रतिवेदन सार्वजनिक गरेको हो ।

 

 रुवान्डाको सरकारी सेनाले कङ्गोका विद्रोहीका लागि सैन्य तालीम, हातहतियार र गोला वारुद उपलब्ध गराउँदै आएको प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनमा सि.एन.डी.पी. का पूर्व कमाण्डर बोस्को टागाण्डाले छिमेकी मुलुक रुवाण्डाबाटै कङ्गोमा विद्रोह संचालन गरेको दाबी गरिएको छ ।

 

रुवाण्डा सरकारले भने आरोपको खण्डन गर्दै कङ्गोमा जारी विद्रोह उसको आन्तरिक मामिला भएको जनाएको छ । छिमेकी मुलुकको मामिलामा हस्तक्षेप गर्ने र क्षेत्रीय द्वन्द्व चर्काउने आफ्नो मुलुकको नीति नरहेकोसमेत रुवाण्डा सरकारले स्पष्ट पारेको छ । – Agencies