प्रधानमन्त्री बाबुराम भट्टराईलाई सत्ता छाडन वाध्य तुल्याउने उद्देश्यले नेपाली कांग्रेस र नेकपा एमाले लगायत कैंयौं साना दलहरुले आफनो दबाबमूलक कार्यक्रमहरुलाई तीव्रता दिने जनाएका छन्।
त्यसै क्रममा उनीहरुले आउंदो शनिबार काठमाडौंमा एउटा वृहत् आमसभा आयोजना गर्ने निर्णय गरेका छन्।
अर्कोतिर सत्ताधारी माओवादी र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चालगायतका दलहरुले पनि विपक्षीहरुको दबाबविरुद्ध अभियान थाल्ने प्रस्तावबारे छलफल गरेका छन्।
तर सो प्रस्तावलाई सोमबार बसेको १९ दलको बैठकमा सहभागी कतिपय साना दलहरुले स्वागत नगरेको नेपाल परिवार दलका नेता एकनाथ ढकालले बताए।
उनले भने,