अमेरिकी मानवरहित ड्रोन विमान हमलामा अलकायदाका दोस्रो ठूला नेता मारिएको अमेरिकाद्धारा पुष्टी

अमेरिकी आक्रमणमा अलकायदाका दोस्रो ठूला नेता मारिएको पुष्टीअमेरिकी मानवरहित ड्रोन विमान हमलामा अलकायदाका दोस्रो ठूला नेता मारिएको अमेरिकाले पुष्टी गरेको छ । पाकिस्तानको उत्तरी पश्चिमी क्षेत्रमा गत सोमबार गरिएको आक्रमणमा अलकायदाका वरिष्ठ नेता अबु याहया अल लिबीसहित १४ जना आतंकवादी मारिएको अमेरिकी अधिकारीहरुले पुष्टी गरेका हुन् ।

 

यद्यपी पाकिस्तानले भने लिबीको मृत्युबारे स्पष्ट पारेको छैन । अलकायदा प्रमुख ओसामा बिन लादेन मारिएपछि लिबीलाई आयमन अल जवाहरीपछिको दोस्रो ठूलो नेताको रुपमा मानिएको थियो । लिबी पाकिस्तानको प्रान्तीय क्षेत्रमा खटिएको बताइन्छ ।

 

सन् २००९ मा नै पाकिस्तानी हमलामा उनी मारिएको हल्ला चलेपछि उनले भिडियो टेप जारी गर्दै आफू जिउँदै रहेको प्रतिक्रिया दिएका थिए ।

 

पाकिस्तान सीमा नजिकैको प्रान्तीय क्षेत्र अलकायदा र तालिवान लडाकुको अखडा मानिन्छ ।