सिरियाको हमा प्रान्तमा फेरि नरसंहार

सिरियामा फेरि नरसंहार भएको खबर प्राप्त भएको छ । नरसंहारबाट बच्न सफल एक प्रत्यक्षदर्शीका अनुसार सरकारी सैनिकको पछिल्लो आक्रमणमा 78 जना मारिएका हुन् ।

 

 हमा प्रान्तमा मारिनेमा महिला र बालबालिका बढी छन् । उनीहरुलाई चक्कूले घोची घोची मारिएको जनाइएको छ । तीन महिनाको बालकलाई त जलाएरै मारेको खबर छ ।

 

नरसंहार गरेर फर्कनेक्रममा सरकारी सेनाले ३५ वटा शव आफ्नै साथमा लगेको प्रत्यक्षदर्शीको भनाइ छ । आक्रमणमा सरकार समर्थित दलका कार्यकर्ताहरु पनि संलग्न रहेको बताइन्छ । विपक्षीले भने ८६ जनाको हत्या गरिएको दावी गरेका छन् । सरकारी सेनाले कुबैर र मारजफ गाउँमा गरिएको वामबारीमा भाग्न नसक्ने जति लगभग सबै व्यक्ति मारिएको खबर छ ।