थारुले आह्वान गरेको बन्दको कारण नवलपरासी, रुपन्देही र कपिलवस्तु जिल्ला प्रभावित

थारु संयुक्त संघर्ष समितिले आह्वान गरेको तराई बन्दको प्रभाव पश्चिम तराईका केही जिल्लामा परेको छ । प्रहरीको गोली लागेर मृत्यु भएका नवलपरासीका धनबहादुर थनेत थारुलाई शहीद घोषणा गर्न माग गर्दै बन्दको आह्वान गरिएको हो ।

 

बन्दको कारण नवलपरासी, रुपन्देही र कपिलवस्तु जिल्ला प्रभावित बनेका छन् । यि जिल्लामा यातायातका साधन र बजार सञ्चालनमा आउन सकेका छैनन् ।

 

एक महिना अघि नवलपरासीको कावासोतीमा प्रहरीसँग भएको झडपमा परी घाइते भएको कार्यकर्ता थनेतको उपचारका क्रममा निधन भएको थियो ।

 

घटनास्थल नवलपरासीको कावासोती तथा डण्डा क्षेत्रमा उच्च सतर्कता अपनाइएको छ । थारुको बन्दमा आदिवासी जनजातिले पनि समर्थन जनाएको छ । RSS