सन्धिखर्कमा साक्षात्कार, संविधान काग्रेस-एमालेले भाँडेको शान्ति मन्त्री टोप बहादुर रायमाझीको आरोप

– वीरेन्द्र केसी


अर्घाखाँची – शान्ति तथा पुर्ननिर्माण मन्त्री टोप बहादुर रायमाझीले संविधानसभा फेरी ब्युतिने संभावना नरहेको बताएका छन । काग्रेस एमालेले संविधानलाई भाँडेर सडकमा गएर रुने कराउने गर्नु सहमतीको विकल्प छाडेर सडकमा जानु देशलाई अराजकता र मुठभेडमा धकेल्न खोजेको आरोप लगाए ।

 



उनले दलहरुबीच सहमती भएपनि राष्ट्रिय सहमतीको सरकारको नेतृत्व बाबुराम भटराईले नै गर्ने दावी गरे । 

 
रिपोर्टस्र क्लब अर्घाखाँचीले विहीवार सन्धिखर्कमा गरेको साक्षात्कार कार्यक्रममा बोल्दै उनले जेठ १४ गते संविधान नबन्नु र संविधानसभा भंग हुनुमा काग्रेस एमाले दोषी रहेको आरोप लगाए । अन्तिम पटकसम्म प्रयास गर्दा काग्रेस एमालेले संविधान बनाउन नचाहेकाले बाध्य भएर मर्नुभन्दा बहुलाउनु नै निको भनेर प्रधानमन्त्रीले चुनाव घोषणा गरेको बताउँदै देशलाई शुन्यताबाट बचाएको दावी गरे  । आफै संविधानलाई भाँडने अनि आफै सडकमा गएर सरकारको विरोध गर्नु संविधान विरोधी हुनु उनले भने सहमती नभए काग्रेस एमाले सडकमा कराई रहनुहुन्छ सरकारले आफनो कदम अगाडी बढाउँछ ।

 



कार्यक्रममा माओवादीका केन्द्रिय सल्लाहकार कमल खनाल सेक्रेटरी ठाकुर कुमार विक लगायत विभिन्न मिडियामा कार्यरत साचारकर्मीको उपस्थिति रहेको थियो । कार्यक्रम क्लवका सचिव वीरेन्द्र केसीको अध्यक्षता र सह-सचिव गणेश खनालको सचालनमा सम्पन्न भएको थियो ।

 


अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।

Copyright 2012 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.