– कृष्ण खनाल
बुटवल जेठ २५ । संबिधाननै नबनाई एकतर्फी रुपमा संबिधानसभा बिघटन गर्ने प्रधानमन्त्री डा.बाबुराम भट्टराईको कदम प्रति आन्दोलनको उद्घोष गरेको नेपाल बिद्यार्थी संघले आन्दोलनलाई देशब्यापी रुपमा चर्काउन संघका केन्द्रिय नेताहरु जिल्ला दौडाहमा हिडेकाछन् ।
लुम्बिनी अाचलमा प्रधानमन्त्रिको कदम विरुद्धको आन्दोलन चर्काउने जिम्मेवारी पाएका नेबिसंघका केन्द्रिय तथा आन्दोलन परीचालन कमिटी लुम्बिनी अाचल संयोजक मोतीलाल भण्डारीले बिहीबार बुटवलमा आयोजीत एक साक्षात्कार कार्यक्रममा लुम्बिनी अाचलका गुल्मी पाल्पा जिल्लामा आन्दोलनको सुरुवात भईसकेको बताउदै आगामी दुई तिन दिन भित्रै रुपन्देही लगायत आन्दोलनले देशब्यापीरुपमा चर्किने जानकारी दिए ।
संविधान सभा विगटन गरि अर्को संबिधान सभा निर्वाचनको घोषणा गर्ने प्रम भट्टराईको कदम असंवैधानिक भएको भन्दै नेबिसंघका नेता भण्डारीले त्यसका बिरुद्धको आन्दोलनलाई देशब्यापी रुपमा चर्काउन आफु लुम्बिनी अाचलका जिल्ला भ्रमणमा निस्कीएको बताए । रिपोर्टस्र क्लब नेपाल लुम्बिनीको संयोजनमा सम्पन्न साक्षत्कार कार्यक्रममा बोल्दै बिद्यार्थि नेता भण्डारीले संबिधानसभा बिघटन गर्ने प्रधानमन्त्रिको कदम माओबादीको एकदलिय सर्बसत्ताबाद लाद्ने षडयन्त्र अनुरुप आएको दाबी गर्दै उनले उत्त कदम बिरोधी आन्दोलनलाई नेबिसंघले एकल र संयुक्त दुबै मोर्चाबाट चर्काउने जानकारी दिए ।
संघको अगुवाईमा गर्न लागिएको सडक आन्दोलनलाई सफल बनाउन र मूर्त रुप दिनका लागि संघले अन्य बिद्यार्थी संगठनहरुसंग मिलेर आन्दोलन गर्ने तयारी भैरहेको पनी उनले बताए ।
आन्दोलनको स्वरुप बारे जानकारी गराउदै पत्रकार सम्मेलनमा भण्डारीले पहिलो चरणमा प्रधानमन्त्री भट्टराईको सवयात्रा सब दहन पुत्ला दहन कुकुर अभिनन्दन बन्द हड्ताल सम्मका कार्यक्रम रहेको बताए।आन्दोलनलाई थप प्रभाबकारी बनाउने विषयमा पछिल्लो घटनाक्रममा मत मिल्ने अनेरास्ववीयू अनेरास्ववीयू छैठौं लगायतका १६ बिद्यार्थी संगठनहरुसग छलफल भैरहेको पनि उनले जानकारी दिए ।
नेपाल बिद्यार्थी संघ बिभिन्न जातजाती धर्म समुदाय लगायतका सम्पूर्ण वर्ग क्षत्रलाई समेट्ने गरी अखण्ड नेपाल सहितको संघीयताको पक्षमा रहेको बताउँदै माओवादी जातीयताको पक्षमा रहेको र कसरी हुन्छ राज्य सत्ता कव्जा गर्ने रणनिति अनुसार संविधान सभा भङ्ग गरेको आरोप लगाउँदै त्यसैका विरुद्ध संघर्ष गर्नु परेको बताए ।
कार्यक्रम रिपोर्टस्र क्लब नेपाल लुम्बिनीका अध्यक्ष प्रकाश खनालको अध्यक्षता र तेजेन्द्र केसी को साचालनमा सम्पन्न भएको थियो ।