अष्ट्रेलियाको कोइला खानी भएको शहर भिक्टोरियामा भारी बर्षापछि आएको बाढीमा कोइला खानीलगायत थुप्रै घर डुबानमा परेका छन् ।
सो शहरका अधिकांश पुल बाढीले बगाउँदा जनजीवन अस्तब्यस्त बनेको छ ।
बाढीले भिक्टोरिया शहरमा रहेको मोरवेल नदीको पानी बस्तीमा पस्ता घरहरु डुबानमा परेका हुन् ।
यसबाहेक न्यु साउथ वेल्स शहरका अधिकांश घर बाढीले डुबेको छ ।