आफ्ना पर्यवेक्षकमाथि सिरियाली सेनाले गोली प्रहार गरेकोमा संयुक्त राष्ट्रसंघको निन्दा

आफ्ना पर्यवेक्षकमाथि सिरियाली सेनाले गोली प्रहार गरेकोमा संयुक्त राष्ट्रसंघले निन्दा गरेको छ । राष्ट्रसंघीय महासभामा महासचिव बान कि मुनले आफना पर्यवेक्षकमाथि गोली हान्नुलाई नरसंहारको संज्ञा दिनुभयो । यस घटनाले विश्व समुदायनै स्तब्ध भएको भन्दै बानले शान्तिवार्ता लत्याएर सिरियाले मानवअधिकार हनन गरेकोमा भत्र्सना गर्नुभयो । 


निरीक्षणका लागि खटाइएका राष्ट्रसंघका पर्यवेक्षकमाथि सिरियाको कुबैर गाउँमा सरकारी सेनाले गोली प्रहार गरेको थियो । जसमा थुप्रै पर्यवेक्षक घाइते भएका छन् । सो गाउँमा गरिएको सैनिक कारबाहीमा थुप्रै मारिएका छन् । सो गाउँमा जम्मा ३० वटा मात्रै घर रहेको र गाउँनै सखाप पार्ने योजनाका साथ आक्रमण गरिएको जनाईएको छ । सिरियामा हाल २ सय ९७ जना पर्यवेक्षक छन् ।

 
यता राष्ट्रसंघ र अरब लीगका शान्तिदूत कोफी अन्नानले पनि सिरियामा जारी हिंसाले सिरियाली जनताको ज्यान खतरामा रहेको भन्दै यस विषयमा विश्व समुदाय एकजुट हुनपर्ने सुझाव दिनुभएको छ । सिरियाबिरुद्ध कदम नचाले नरसंहारका घटनामा कमी नआउने अन्नानको भनाइ छ ।