दुधबाटै किमडाँडाको एउटै गाउँमा झण्डै डेढ करोड

– वीरेन्द्र केसी



अर्घाखाँची – जर्सी गाईको दुध बेचेर किमडाँडा गाविसमा वर्षमा झण्डै डेढ करोड रुपैयाँ भित्रिने गरेको छ । किमडाँडामा दैनिक १२ सय लिटर जति दुध उत्पादन भैरहेको छ । उत्पादित दुध सन्धिखर्कका चार वटा डेरी उद्योग र बजारमा खपत भएको छ । सदरमुकाममा बजारको संख्या थपिदै गएकाले दुधको अभाव अझै टर्न सकेको छैन । 

 


 

साढे दुई वर्षको अवधीमा किमडाँडाका किसानले यति धेरै दुध उत्पादन गर्न सफल भएका छन । जसले पुरै सदरमुकामलाई दुध खुवाएको छ । घरपरिवारको खर्च धान्न नसक्दा सास्ती खेप्दै आएका परिवारहरु जर्सी गाईबाट आर्थिक रुपमा निकै माथि फड्को मारेका छन । गाउँका डेढ सय जति कृषकले २ सय ५० जर्सी गाई पालेका छनु लक्ष्मी गाईपालन तथा दुग्ध संकलन केन्द्रका अध्यक्ष धर्मराज बाजाडेले भने दैनिक ३६ हजार र वर्षमा गरि १ करोड ३९ लाख ६० हजार रुपैयाँ बारबर भित्रिने गरेका छन । दैनिक १२ सय लिटर भन्दा बढी दुध सदरमुकाम सन्धिखर्क र चुत्रावेशी लगायतका बजारमा खपत भएको छ ।



ढुई वर्ष भित्र रोजगारको लागि विदेश गएर घर फर्किएका ९ जना र जान लागेका २० जना युवाहरुलाई रोकेर यही पेशामा लगाएको उनको भनाई छ ।  ुपढे लेखेका युवा जनशक्तिलाई सरकारी जागिर र अन्य पेशा व्यावसायतिर भन्दा यतातिरै तान्ने कोशिश गरिरहेका छौ उनले भने किमडाँडालाई नेपालकै नमुना दुध उत्पादन गाउँ बनाउने हाम्रो योजना छ । शुरुमा लुम्बिनी सामाजिक विकास केन्द्रले ४० वटा गाईबाट परीक्षण गरेको थियो । एकाएक गाउँलेहरु गाईपालनमा हाम फालेपछि यति छोटो समयमै परिवर्तन आयो उनले भने यसलाई अझै बढाउँदै लैजान दृघकालिन रणनीति तयार गर्दैछौ । व्यावासयिक तरकारी खेतीमा लागेका कृषकहरु तरकारीलाई छाडदै गाईपालनमा होमिएका छन । परम्परागत रुपमा पाल्दै आएका भैसीलाई हटाउँदै जर्सी गाईपाल्न कृषकहरु ईच्छुक रहेको नमुना अग्रज कृषक पुष्करनाथ बाजाडेले बताए । गाउँका सबैलाई कृषिमा रोजगार गराउने सामुहिक सोचमा यहाँका कृषक लागेका छन । दुध बेचेर मासिक १५ देखि ४० हजार रुपैयाँसम्म आम्दानी लिएको उनले बताए । 

 


 

दुधको आम्दानीले गाउँका सबै कृषकका छोराछोरीलाई सदरमुकामको राम्रो बोडिङ स्कुलमा पढाउन थालेको समुहका उपाध्यक्ष गणेश बन्जाडेले बताए । सबैभन्दा धेरै जानका बाजाडेले १० वटा गाई पालेकी छिन । १० वर्ष देखि व्यावसायिक मौसमी तथा बेमौसमी तरकारी खेती गर्दै आएको उनको परिवार अहिले  गाईपालनमा लागेको छ । तरकारी बारीमा रोग किराले सताउने कुहिने समयमा बिक्री नहुँने चिन्ता हुन्थ्यो जानकाले भनिन दुधबाट निश्चित पैसा हुन्छ । गाईको खानपान र स्यार सुसार गरे मात्र पुग्ने भएको दुधको मुल्य बढदै जाने भएकाले यताबाट धेरै आम्दानी हुने उनले बताईन । उनले दुधबाट वर्षमा ५ लाख रुपैयाँ कमाई गर्दै आएकी छिन । गाईपाल्नु अघिसम्म घरमा नुन नेल किन्दा ऋिण खोज्नु पर्थ्यो सरस्वता बन्जाडेले भनिन दुईवटा गाई पालेकी छु दैनिक २० लिटर दुधबाट मासिक १८ हजार रुपैयाँ कमाई भएको छ । दुधबाट सजिलै आम्दानी हुने भएपछि कृषकको ध्यान गाईपालनमा छ । घरखर्च चलाउन कति गाह्रो थियो शान्ता नेपालीले भनिनु दुध बेचेर मासिक १५,२० हजार सजिलै कमाई भएपछि हामि दुई वर्षमै फेरियौ अब मेरो छोरोलाई विदेश पठाउँदिन यहि नै मालामाल छ ।



साढे दुई वर्षमा गाईपालनमा सफलतापुर्वक फडको मारेको खुसीयालीमा गाउँका सबैले आफना गाईहरु किमडाँडाकै पंथीका चौरमा १ सय ५० भन्दा बढी गाई जम्मा गरेर लुम्बिनी सामाजिक विकास केन्द्रको सहयोगमा सामुहिक आयोडिनयुक्त नुन खुवाए । यो नुनले दुध उत्पादनमा २० प्रतिशत बढने गर्छन ।  आफुबीच खुसीयाली साटासाट गर्दै अब वैशाखको पहिलो शनिवार गाईदिवस मनाउने निर्णय गरेका छन । 



केन्द्रका अध्यक्ष इन्द्रंमणि पौडेलले परीक्षणका लागि शुरु गरेको गाईपालन कृषकको प्रयासले सोचे भन्दा बढी सफलता मिलेको छ । साढे दुई वर्ष अघि होटलमा दुध राखेको चिया खानलाई स्रोस लगाउनु पर्ने र दुध राखेको चिया खाने ठुलो मान्छे ठानिन्थ्यो तर अहिले सबैले दुध दही खान पाएका छन यो जिल्लावासीको लागि खुसीको कुरा हो उनले भने ।  अब किमडाँडाबाट विस्तार गरी अर्घाखाँचीलाई दुध उत्पादन केन्द्र बनाउने र  जर्सी  गाईको स्रोत केन्द्र बनाउने योजना रहेको उनले बताए ।

 

सन्धिखर्कका भुसाल आदर्श सुपादेउराली र बाजाडे डेरी उद्योगमा कृषकले १ लिटरको ३० रुपैयाँमा दुध दिने गरेका छन । डेरीले ४० मा बिक्री गर्ने गर्छन ।  जिल्ला पशु सेवा कार्यालयले कृषकलाई प्राविधिक सहयोग र  कृतिम गर्भाधान लगायत सहयोग गरेको पशु सेवा कार्यालय प्रमुख डा. गोपाल गिरिले बताए । 

 


अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।

Copyright 2012 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.