कांग्रेस-एमाले लगायत २६ दलीय गठबन्धनले माओवादी सत्ताकब्जाको रणनीतिमा अघि बढेको भन्दै त्यसविरुद्घ राजधानीमा शक्ति प्रदर्शनसहित विरोध सभा गरेका छन् ।
संविधानसभाको विघटन र नयाँ निर्वाचनमा जाने प्रधानमन्त्रीको घोषणाप्रति आपत्ति जनाउँदै आएको गठबन्धनले सहमतिको राजनीतिमा माओवादीलाई ल्याउन भन्दै सभा गरेका हुन् । उनीहरुले आन्दोलनलाई ‘सुरुवाती’ मात्रै भएको बताउँदै झन् कडा आन्दोलन गर्ने बताएका छन् ।