एमालेद्धारा असारको पहिलो साता राष्ट्रिय कार्यकर्ता भेला बोलाउने निर्णय

काठमाडौं  । एमालेले असारको पहिलो साता राष्ट्रिय कार्यकर्ता भेला बोलाउने निर्णय गरेको छ । पार्टी मुख्यालय बल्खुमा आज बसेको केन्द्रीय कमिटी बैठकले असार ४ र ५ गते भेला बोलाउने निर्णय गरेको हो ।

 

बैठकमा मुलुकको पछिल्लो राजनीतिक अवस्थाका बारेमा समेत छलफल भएको थियो । 

 

आदिवासी जनजाति नेताहरुले पार्टीले आफूहरुका मागलाई सम्बोधन नगरेको आरोप लगाए पछि एमालेले आन्तरिक छलफल गर्दै आएको थियो ।

 

भेलाबाट असन्तुष्ट जनजाति नेताहरुका मागलाई सम्बोधन गरिने एमालेले जनाएको छ ।