स्पेनले १०० बिलियन युरो सम्म ऋण माग्न सहमत


स्पेनको बानकिया बैंकको मैड्रिड स्थित केन्द्रिय भवन। सो बैंकले करिव १९ बिलियन युरो मागेको छ। तस्बिर: अर्घाखाँची डट्कम

 

– मनोज के.सी

मैड्रिड, स्पेन – ग्रीस, पोर्चुगल र आयरल्याण्डका लागि वित्तिय सहायता उपलब्ध गराउन महत्वपूर्ण भूमिका खेलेको स्पेन स्वयमले यूरोजोनसँग सहयोग माग्ने भएको छ।


स्पेनले १०० बिलियन युरो सम्म ऋण माग्न सहमत भएको छ भने उक्त वित्तिय सहायता बैंकहरुको लागि मागिएको देशका वित्तिय मन्त्री लुइस दे गुइन्दोसले युरो अर्थ मन्त्रीहरुको आकस्मिक फोन-कन्फ्रेन्स वार्ता पछि राजधानी मैड्रिडमा आयोजित पत्रकार सम्मेलनमा बताए। 


यसअघी अन्तराष्ट्रिय मुद्रा कोष आइएमएफले आर्थिक संकटको सामना गरिरहेका स्पेनका बैंकहरुलाई ५० अर्ब डलर अतिरिक्त रकमको आबश्यकता भएको जनाएको थियो।


विश्वको १२ औ बलियो अर्थव्यबस्था र यूरोजोनको चौथो बलियो अर्थव्यबस्था भएको देश स्पेनका बैंकहरु ऋणमा डुबेको र बैकिंङ क्षेत्रलाई स्थिर गर्न अझै बढी रकम जरुरी हुने जनाइएको छ । यस सहायता लिने स्पेनको घोषणाको युरोजोनका १७ मन्त्रीहरुले स्वागत गरेका छन।


यसैगरी स्पेनको बानकिया बैंकले पुर्नगठनका लागि करिव १९ बिलियन युरो मागेको छ।


यस अघी प्रधानमन्त्री मारियानो राखोयले आफना बैंकहरुलाई पुर्नगठनका लागि स्पेनले यूरोजोनसँग सहयोग माग्न सक्ने पनि जनाइएका थिए।


ग्रीस जसरी अत्यधिक सरकारी खर्चका कारण नभइ स्पेनका बैंकहरु जग्गा र सम्पत्तिको कारोबारका कारण डुबेको हो।

 

यूरोजोनसँग सहयोग माग्ने देश आयरल्याण्ड, ग्रीस, पोर्चुगल पछी स्पेन हो ।

 



अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।

Copyright 2012 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.