बेलायतमा भारी बर्षापछि आएको बाढीमा फसेका १ सय ५० जनाको उद्धार

Unseasonal weather will hit Britain from today as a low pressure storm usually associated with autumn and winter sweeps in from the Atlantic.

बेलायतमा भारी बर्षापछि आएको बाढीमा फसेका १ सय ५० जनाको उद्धार गरिएको छ । बाढीका कारण बेलायतको वेल्स शहर बढी प्रभावित भएको छ । बाढीमा थुप्रै घर डुबानमा परेकोले जनजीवन अस्तब्यस्त बनेको छ ।

 

बाढीमा थुप्रै गाडी डुबेका छन् ।

 

घर डुबानमा परेपछि घरभित्र फसेकालाई हेलिकप्टरबाट उद्धार गरिएको छ । वेल्स शहरको लेरी नदीको बाढी वस्तीमा पस्दा बिजुली आपूर्ति र टेलिफोन सेवा अवरुद्ध बन्यो । बेलायतमा अझै केही दिन ठूलो पानी पर्ने मौसमविदले जनाएका छन् ।