अस्पतालमा भर्ना भएका पूर्व प्रधानमन्त्री सूर्यबहादुर थापाको मुटुमा स्थायी पेसमेकरको सफल प्रत्यारोपण

काठमाडौं  । अचानक मुटुको गति बन्द भएर शनिबार अस्पतालमा भर्ना भएका पूर्व प्रधानमन्त्री सूर्यबहादुर थापाको मुटुमा स्थायी पेसमेकरको सफल प्रत्यारोपण भएको छ ।


पूर्व प्रधानमन्त्री थापको उपचार गर्न भारतबाट आएका डा. कास्किवाल सहितको चिकित्सकको टोलीले आज बिहान स्थायी पेसमेकर प्रत्यारोपण गरेको हो ।


मुटुको चाल सञ्चालनमा सहयोग पुराउने स्थायी पेसमेकरको सफल प्रत्यारोपण पछि पूर्व प्रधानमन्त्री थापको स्वास्थ्यमा क्रमश सुधार आएको उपचारमा संलग्न चिकित्सक डा. भारत रावतले बताए । उनका अनुसार स्थायी पेसमेकरको शल्यक्रिया भारतवाट आएका चिकित्सक डा.मुकेन्द्र चौहानको सहयोगमा भएको रावतले बताए ।


विशेषज्ञ डा. चौहानका अनुसार आज जडान गरिएको पेसमेकरले ८ देखि १० वर्षसम्म काम गर्ने छ ।


शनिवार बिहान ९ बजेर ४५ मिनेट जाँदा अचानक हार्ट एरेस्ट भएर उपचारका लागि नर्भिक अस्पतालमा भर्ना भएका थापालाई कृतिम स्वासप्रश्वास दिएर मेकानिकल भेन्टिलेटरमा राखिएको छ । – RSS