काठमाडौं – प्रधानमन्त्री बाबुराम भट्टराईलाई सत्ताबाट पदच्युत गर्न माग गर्दै सोमबार सर्वोच्च अदालतमा एक रिट दर्ता भएको छ ।
राष्ट्रवादी एकता पार्टी नामक दलका तर्फबाट सिरहाका रामबाबु सैंजुले दायर गरेको उक्त रिटमा भट्टराईलाई निकाल्न सर्वोच्चले राष्ट्रपति रामवरण यादवका नाममा परमादेश जारी गर्नुपर्ने माग गरिएको छ ।
संविधानसभासूगै संसदको विघटनपछि स्वतहः पदमुक्त भएका भट्टराईलाई पदच्युत नगरी राष्ट्रपतिले ‘टुलुटुलु हेरेको’ भन्दै उनका नाममा भट्टराईलाई सत्ताच्युत गर्न सर्वोच्चमा निवेदन परेको हो । – RSS