नाइजेरियामा लुटेराहरुले २७ जनाको हत्या

नाइजेरियामा लुटेराहरुले २७ जनाको हत्या गरेको छ ।

 

नाइजेरिया प्रहरीका अनुसार उत्तरी जमफरा राज्यमा सशस्त्र लुटेराहरुले कम्तिमा २७ स्थानीय व्यक्तिको हत्या गरेका हुन् । त्यहाँका गाउँलेले उनीहरुका बारेमा प्रहरीलाई जानकारी दिएकामा रुष्ट लुटेराहरुले स्थानीयवासीको हत्या गरेको प्रहरीको भनाइ छ ।

 

घटनामा राज्यविद्रोहमा संलग्न इस्लामिक संगठन बोको हराम समूहको भने संलग्नता नभएको प्रहरीको भनाइ छ ।