ईरानबाट तेल आयात गरेको बहानामा अमेरिकाले भारतसहितका सात देशमाथि लगाउँदै आएको आर्थिक नाकाबन्दी हटायो

ईरानबाट तेल आयात गरेको बहानामा अमेरिकाले भारतसहितका सात देशमाथि लगाउँदै आएको आर्थिक नाकाबन्दी हटाएको छ ।

 

ईरानबाट तेलको आयातमा कमी गरेपछि अमेरिकाको आर्थिक नाकाबन्दीको सूचीबाट हट्ने मुलुकमा भारतका अतिरिक्त दक्षिण कोरिया, मलेशिया, दक्षिण अफ्रिका, श्रीलंका, ताइवान र टर्की रहेका छन् ।

 

 

अमेरीकी विदेश मन्त्री हिलेरी क्लिन्टनले यसको जानकारी दिनुभएको हो । अमेरिकाले जून २८ सम्ममा सबै देशले ईरानबाट तेलको आयातमा कटौति गर्नुपर्ने कानून बनाएको थियो । जुन जुन मुलुकले यो प्रावधानलाई मान्दैनन् ती देशलाई अमेरीकी आर्थिक प्रणालीबाट हटाइने जनाइएको छ ।