सिरीयामा सरकारी सेनाले बालबालीकालाई मानव ढालको रुपमा युद्धमा प्रयोग गरीरहेको खुलाशा

Syrian children presumed as ' human shields 'सिरीयामा सरकारी सेनाले बालबालीकालाई मानव ढालको रुपमा युद्धमा प्रयोग गरीरहेको खुलाशा संयुक्त राष्ट्रसंघले गरेको छ । बालबालीका तथा सशष्त्र संघर्ष सम्बन्धी राष्ट्रसंघिय विशेष प्रतिनिधि राधिका कुमारास्वामीले सिरीया पुगेर फर्कीएपछि यो जानकारी दिनुभएको हो । राष्ट्रपति बशार अल असाद विरुद्धको आन्दोलन दबाउन तैनाथ सेनाले स्थानीय बाबालकिालाई मानव ढालको रुपमा प्रयोग गरीरहेको तथ्य बाहीर आएको हो । युद्धग्रस्त क्षेत्रमा सरकारी सेनाले आफु चढेको सैन्य ट्यांकहरुमाथि बालबालीकालाई चढाएर विद्रोहीमाथि आक्रमण गर्नेगरेको स्वयं बालबालीकाले आरोप लगाएका छन् ।


कुमारास्वामीले सिरीयामा सरकारी सेनाले जस्तै विद्रोही फ्रि सिरीयन आर्मीले पनि बालबालीकालाई लडाकुको रुपमा भर्ना गरेको बताउनुभयो । राष्ट्रसंघका प्रतिनिधिसँगको कुराकानीमा हिंसाग्रस्त क्षेत्रमा बालबालीकाले सरकारी सेनाले चरम यातना दिने गरेको र विद्रोही पक्षले पनि जबर्जस्ती आप्mनो सेनामा भर्ना गर्ने गरेको बताएका हुन् ।