प्रधानमन्त्री बाबुराम भट्टराईले अब हरेक महिनाको एक दिन विभिन्न जिल्लाका ग्रामीण बस्तीमा पुगेर रात बिताउने


 

माधव ढुङ्गेल, नागरिक

 

 काठमाडौं – प्रधानमन्त्री बाबुराम भट्टराईले अब हरेक महिनाको एक दिन विभिन्न जिल्लाका ग्रामीण बस्तीमा पुगेर रात बिताउने कार्यक्रम बनाएका छन्। संविधान सभामा निर्वाचित भएपछि महिनामा एक पटक गृहजिल्ला गोरखा पुग्ने गरेका भट्टराईले संविधान सभा भङ्ग भएपछि जनतासँग प्रत्यक्ष अन्तरक्रियामा गर्न कार्यक्रम बनाएका हुन्।  

 
कार्यक्रमको सुरुवात प्रधान मन्त्री भट्टराईले बुधबार काठमाडौंबाट गर्नेछन्। प्रधान मन्त्रीको निजी सचिलालयका अनुसार, विकास र समृद्धिबारे जनतासँग छलफल गर्न उक्त कार्यक्रम तय गरिएको हो। संक्रमणकालीन राजनीति र आर्थिक विकासका मुद्दाहरुमा जनतासँग प्रत्यक्ष संवाद गरी जनताका सुझाव, समस्या र सम्भावनाको खोजीका लागि ग्रामीण क्षेत्रमा पुग्ने कार्यक्रम प्रधान मन्त्रीले बनाएको स्वकीय सचिव विश्वदीप पाण्डेले जनाए।


बुधबार काठमाडौंकै एउटा गाउँबाट गाउँका जनतासँग प्रत्यक्ष अन्तरक्रिया गर्ने कार्यक्रम छ। ‘कुन गाउँ भन्ने अझै तय भएको छैन, पार्टीको जिल्ला नेतृत्वसँग छलफल गरी ठाउँ तय गरिनेछ’- उनले भने।


प्रधान मन्त्रीले गाउँ बसाइका क्रममा सो क्षेत्रका राजनीतिक दलका प्रतिनिधि, नागरिक समाज, समाजसेवी, स्थानीय सङ्घ