वैद्यलाई फकाउन दाहाल आफू निकट नेताहरूसँग उनको निवास गोंगबु पुगेका थिए । ‘कुराकानी अमूर्त भए’ वैद्यले संक्षिप्त प्रतिक्रिया दिँदै भने, ‘एकता गरौं भन्नुभयो, हामीले पनि गरौं भनेका छौं । कहाँ कहाँ कमजोरी भए त्यसको समीक्षा हुनुपर्छ भन्ने कुरा गर्यौं ।’
बैठकपछि दाहालले छलफल सकरात्मक भएको प्रतिक्रिया दिए । तर वैद्यले दाहालबाट ठोस प्रस्ताव नआएको उल्लेख गर्दै बुधबार फेरि बस्ने बताए । उनले छलफल न सकरात्मक न नकरात्मक भएको बताए । ‘भलाकुसारी लामै भयो, तर परिणाम आउन सकेन’ वैद्यको भनाइ थियो ।