पार्टी एकताका लागि पुष्पकमल दाहालले नेतृत्व त्याग्न त्याग्न तयार

– उजिर मगर, नागरिक

 

काठमाडौं  – एकिकृत नेकपा माओवादी संस्थापन पक्षको स्थायी समिति बैठकले पार्टी एकताका लागि क्रान्तिकारी आन्दोलन सुरक्षित गर्न संघर्षको स्वरुप बदल्ने निर्णय गरेको छ। आज बिहान सम्पन्न बैठकमा पार्टी एकताका लागि अध्यक्ष पुष्पकमल दाहालले नेतृत्व त्याग्न त्याग्न तयार रहेको बताएका छन्। 

 
स्थायी समिति सदस्य गिरिराजमणि पोखरेलका अनुसार बैठकले पार्टी एकताका लागि अपीलसमेत् गरेको छ। पार्टी एकता क्रान्तिकारी आन्दोलन सुरक्षित गर्ने, संघर्षको स्वरुप बदल्ने र त्यसका लागि नेतृत्व त्याग्ने परेमा तयार रहनेसमेत निर्णय भएको उनले जानकारी दिए।


बैठकले राष्ट्रिय सहमतिपछि नयाँ सरकार निर्माण गर्ने निर्णय समेत गरेको छ। आज दिउँसो ३ बजे दाहाल पक्ष र उपाध्यक्ष मोहन वैद्य पक्षधरका नेताबीच वार्ता हुँदैछ।  यो निर्णयसहित दाहाल पक्ष पार्टी एकताको पहलमा सक्रिय रहनेछ।  बैठकले पहिचानसहितको संघियता र संघियतासहितको संविधानलाई जोड दिएको छ। पार्टीको कार्यदिशा नयाँ जनवादी क्रान्तिअनुसार हुने र अहिलेसम्म भएका कमी कमजोरीको समीक्षा गर्ने निर्णयसमेत बैठकले गरेको छ।