फरक विचार राखेकै आधारमा कुनै प्रकारको कारवाही वा अन्यथा व्यवहार नहुने एमालेको स्पष्ट

काठमाडौं – नेकपा एमालेको स्थायी कमिटी बैठकले असन्तुष्ट जनजाति नेताहरु छलफल प्रक्रियामा सहभागी हुनुलाई सकारात्मक भनेको छ। बैठकले पार्टी निर्णय कार्यान्वयन गर्न र पार्टी काममा फर्कनेहरुलाई फरक विचार राखेकै आधारमा कुनै प्रकारको कारवाही वा अन्यथा व्यवहार नहुने पनि स्पष्ट गरेको छ। 


 
बैठकपछि एमालेले निकालेको प्रेस वक्तव्य
आज नेकपा (एमाले) स्थायी कमिटीको बैठक अध्यक्ष कमरेड झलनाथ खनालको अध्यक्षतामा पार्टीको केन्द्रीय कार्यालय मदननगर, काठमाडौंमा बस्यो। बैठकले, निम्न निर्णय लिएको छ :


१. राज्यको पुनःसंरचनाको बिषयमा पार्टीसँग असन्तुष्ट रहनुभएका कमरेडहरुले स्थायी कमिटीको आमन्त्रणमा छलफलको प्रकृयामा सहभागी भएर आ