डिजलबाट चल्ने सवारी साधनबाट निस्कने धुँवाले क्यान्सर हुन सक्ने एक तथ्यांकले देखाएको छ । बिश्व स्वास्थ्य संगठन डब्ल्यु.एच.ओ को इन्टरनेशनल एजेन्सी फर रिसर्च अफ क्यान्सर आइ.आर.सी का बिशेषज्ञको टोलीले गरेको अनुसन्धानले यो निष्कर्ष निकालेको हो ।
रेल र ट्रक चालकहरुमा गरेको अध्ययन अनुसार डिजलको धुँवाले पित्तको क्यान्सर हुने सम्भावना देखाएको हो । अध्ययन अनुसार डिजलको धुँवाले आम नागरिकभन्दा सवारी चालकलाई बढी क्यान्सर भएको छ । यसको दर गत बर्षको तुलनामा ४० प्रतिशतले बढी छ ।
यद्यपी धुमपानबाट हुने क्यान्सरभन्दा डिजलबाट क्यान्सर हुनेको संख्या कम छ । – Agencies