भारतको आन्द्र प्रदेश राज्यमा रहेको एउटा स्टिल कारखानामा विष्फोट हुँदा कम्तीमा १६ मजदुरको मृत्यु भएको छ ।
आन्द्र प्रदेशको भिशाखापट्नममा रहेको सरकारी स्वामित्वको स्टिल उद्योगमा विष्फोट पछि भिषण आगलागी भएको थियो ।
उद्योगको अक्सीजन प्लान्टमा नयाँ उपकरण जडान गर्ने क्रममा विष्फोट भएको बताईएको छ ।
विष्फोटमा परी कयौ धेरै नराम्ररी जलेका छन् । उनीहरुको अवस्था गम्भिर रहेकोले मृतकहरुको संख्या बढ्ने सक्ने राज्य सरकारले बतानएको छ ।