आज जुन १४ अर्थात विश्व रक्तदाता दिवस

काठमाडौं। आज जुन १४, अर्थात विश्व रक्तदाता दिवस, नेपाल लगायत विश्वभरमा बिभिन्न कार्यक्रम गरी यो दिवस मनाइदैछ ।

 

विश्व स्वास्थ्य संगठनको आह्वानमा सन् २००४ देखि यो दिवस मनाउन सुरु गरिएको हो । रक्त समूह ए, बी र व पत्ता लगाई चिकित्सा विज्ञानमा नोबेल पुरस्कार विजेता डा. कार्ल ल्यान्डस्टिनरको जन्मदिन जुन १४ का दिन विश्वभरमा रगतको महत्व बुझाउन, जनचेता फैलाउन तथा रक्तदाताहरुलाई धन्यवाद दिन यो दिवस मनाउने गरिन्छ ।

 

दिवसको अवसरमा नेपालमा पनि रगत सङ्कलन तथा विचरणको क्षेत्रमा कार्यरत सरकारी र गैरसरकारी संघसंस्थाको आयोजनामा बिभिन्न कार्यक्रमको आयोजना गरिदैछ । यसबर्ष