अर्घाखाँचीमा पश्चिमाञ्चलमै कम उर्तीण

– वीरेन्द्र केसी


अर्घाखाँची – पश्चिमाञ्चल क्षेत्रमध्ये अर्घाखाँचीमा सबैभन्दा कम विद्यार्थी उतीर्ण भएका छन । गत वर्ष उतीर्ण विद्यार्थी संख्या २९ प्रतिशत थियो भने अहिले २६.९८ प्रतिशत छ ।

 


अर्घाखाँची नुवाकोट गाविसको भगवती माविबाट ईक्जाम्टेड तर्फबाट परीक्षा दिएकी सिता आचार्य दितिय श्रेणीमा उर्तीण भएकी छिन । गाडी दुर्धटनामा गंभिर घाईते भएकी उनलाई परीक्षामा सहयोगीले साथ दिएका थिए । तस्विरमा एकातर्फ घाइते बिधार्थी आचार्य सुतिरहेको अवस्थामा- सहयोगी साथीले परिक्षा दिदै ।

 

जिल्लाका ७७ विद्यालयका विद्यार्थी सहभागी मध्ये भगवती मावि नुवाकोटको नतिजा शुन्य रहयो भने शिवादह मावि जुकेना र सिद्ध मावि पोखराथोकमा एक/एक जना विद्यार्थी मात्र उतीर्ण भएका छन ।

३ हजार ८ सय ४६ विद्यार्थीले परीक्षा दिएको मध्ये यस वर्ष विशिष्ट श्रेणीमा २७ जना, प्रथममा ३ सय ३०, दोस्रोमा ६ सय ३५ र तेस्रोमा ४३ जना मात्र विद्यार्थी उतीर्ण भएको विद्यालय निरीक्षक शशि पोखरेलले बताईन ।


सदरमुकामको युवा वर्ष रविचित्र मावि हटारीनेटाबाट शतप्रतिशत विद्यार्थी उतीर्ण भएका छन ।


प्रत्येक वर्ष एसएलसीको नतिजा ओरालो लाग्दै गएको छ ।

 

विद्यालयमा पढाईको स्तर खस्किनु, विद्यालय व्यवस्थापन समिति गठन, शिक्षक नियुक्तीमा राजनीतिक हस्क्षेप र जिल्ला शिक्षा कार्यालयका कर्मचारीले राजनीति गर्दा नतिजा ओरालो लाग्दै गएको भन्दै जिल्लाका सरोकारवालाहरु चिन्तित भएका छन । विद्यालयमा शिक्षकले नियमित नपढाउनु पनि प्रमुख कारण भएको छ भने विषयगत शिक्षक नहुँदा पढाईको स्तर खस्कदै गएको छ । सबैभन्दा बढी शिक्षक र शिक्षा कार्यालयका कर्मचारीले खुलेआम राजनीति गर्दा समस्या आएको सर्वसाधारणको भनाई छ ।

पुर्व शिक्षक तथा जनज्योती उच्च मावि विद्यालय व्यवस्थापन समितिका पुर्व अध्यक्ष पिताम्बर शर्माका अनुसार अर्घाखा