तिब्बती अध्यात्मिक नेता दलाई लामा आठ दिने भ्रमणको सिलसिलामा बेलायतमा

दलाई लामा आठ दिने भ्रमणको सिलसिलामा बेलायतमा


तिब्बती अध्यात्मिक नेता दलाई लामा आठ दिने भ्रमणको सिलसिलामा बेलायत पुग्नुभएको छ ।

 

दलाई लामाको बेलायत भ्रमणसंगै चीन र बेलायतबीचको सम्बन्धमा चिसो बढ्ने सम्भावना पनि उत्तिकै बढेको छ ।

 

गत महिना बेलायती प्रधानमन्त्री डेबिड क्यामरुन र दलाई लामाबीच भएको भेटपछि बेलायतसंग रुष्ट बनेको चीनले बेलायतसंगको उच्चस्तरीय बार्ता नै बहिष्कार गर्दै आएको छ ।

 

चीनको असन्तुष्टीको वेवास्ता गर्दै बेलायतले भने दलाई लामाको भब्य स्वागत गरेको छ ।

 

बेलायतमा रहंदा दलाई लामाले त्यहाँस्थित लिड्स् बिश्वबिद्यालयमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

 

दलाई लामाले प्रधानमन्त्री डेबिड क्याम्रुन लगायत वेलायी उच्च अधिकारीहरुलाई पनि भेट्ने कार्यक्रम छ ।