काठमाडौं – कांग्रेसले तीन भातृ संस्था तरुण दल, महिला संघ र नेविसंघको पुर्नगठन गरेको छ। पार्टी सभापति सुशील कोइरालाले शुक्रबार विज्ञप्ति मार्फत नेविसंघमा २०, तरुण दलमा ६ र महिला संघमा ६ सदस्यहरु थप गरी पुर्नगठन गरेका हुन्।
यसअघि कोइरालाले एकलौटी रुपमा भातृ सस्था गठन गरेका विरोध गर्दै वरिष्ठ नेता शेरबहादुर देउवा पक्षीय केन्द्रीय सदस्यहरुले विरोध गर्दै केन्द्रीय समिति बैठक बहिस्कार गर्दै आएका थिए। दुई नेताबीच आपसी सहमतिमा तीन भातृ सस्था पुर्नगठन भएपछि अब हुने केन्द्रीय समिति बैठकमा देउवा पक्षीय सदस्यहरु सहभागी हुने भएका छन्।
कोइरालाले नेविसंघमा यज्ञ कट्टेल मोरङ, निलकमल भट्टराई ओखलढुंगा, अशोक बस्ताकोटी, नवलपरासी, भगवान अधिकारी काभ्रे, जीवन खत्री भक्तपुर, लोकेन्द्र रोकाया कैलाली, विमला भट्ट गोरखा, विमलचन्द विष्ट ललितपुर, गोविन्द लामिछाने कास्की, केशव मिश्रकैलाली, सरोज मैनाली सिन्धुली, बीरेन्द्र यादव बारा, नन्दकिशोर यादव सप्तरी, अर्जुन महतारा, दावागेलु पार्खारङ (राजु) सोलुखुम्बु, शकुन्तला त्रिपाठी रामेछाप, सञ्जय सिलवाल गोरखा, भीमसिंह गुरुङ सुनसरी, सूर्यबहादुर थापा रौतहट र निर्मल पौडेल चितवनलाई सदस्यमा मनोनयन गरेका छन्। त्यस्तै नेपाल महिला संघको सदस्यान पार्वती थापा मगर (उर्मिला) तनहुँ, अमुदा श्रेष्ठ काठमाडौँ, महिन्द्रा लिम्वु झापा, रंगमती शाही हुम्ला, उषा भण्डारी काठमाडौँ र प्रशीष महरा डोटी रहेका छन्।
तरुण दलको सदस्यहरुमा मेखलाल श्रेष्ठ स्याङ्जा, नवीन सिंह पर्सा, टोमलाल राजवंशी झापा, महेश खरेल काभ्रे, डण्डी ढकाल सुर्खेत र पूर्ण गुरुङ तनहुँ सदस्यमा मनोनित भएका छन्।
दुई नेताबीच सहमतिका आधारमा तीन भातृ सस्था गठन गरेपछि असार ४ गते डाकिएको केन्द्रीय समिति बैठकमा देउवा पक्षिय नेताहरु सहभागि हुने भएका छन्। भातृ सस्था पुर्नगठनसँगै कांग्रेसमा नौ महिनादेखि जारी आन्तरिम विवाद तत्काललाई अन्त्य भएको छ।
गठन हुन बाँकी केन्द्रीय विभाग र समितिहरु पनि दुई नेताबीचको सहमतिमा चाडैने बनाईने बताइएको छ। कांग्रेसमा पार्टीको आन्तरिम विवादका कारण केन्द्रीय समितिले गठन गर्ने कार्यसम्पादन समिति, ३२ केन्द्रीय विभाग, अनुशासन समिति र संसदीय समिति गठन हुन सकेका छैन। केन्द्रीय विभाग समिति नहुँदा पार्टी संगठन चुस्त नभएको भन्दै केन्द्रीय सदस्यहरुलेे चाडै गठन गर्न सभापतिलाई दवाव दिदै आएका थिए। – नागरिक